मुख्य सूचनाहरु :-
सोनमा गाउँपालिकाको संक्षिप्त परिचय
मधेश प्रदेशको आठ जिल्ला मध्ये एक महोत्तरी जिल्लामा कुल १५ वटा स्थानीय तहहरु रहेका छन्, जसमध्ये एक हो यो सोनमा गाउँपालिका । यो गाउँपालिका महेन्द्र राजमार्गदेखि करिब १८ कि.मी. दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।
कुल ५७.७७ वर्ग कि.मि. क्षेत्रफल र ३८,७४७ जनसंख्या रहेको यस पालिकामा ८ वडाहरु रहेको छ । यस गाउँपालिकाको पुर्व दिशामा औरही नगरपालिका, पश्चिम दिशामा सर्लाही जिल्ला, उत्तर दिशामा गौशाला नगरपालिका र दक्षिणी दिशामा छिमेकी मुलुक भारत रहेको छ ।
साविकको सोनमा, सुन्दरपुर, खैरबन्नी र रघुनाथपुर गाउँ विकास समितिहरुको संयोजन गरि नेपाल सरकारले २०७३/११/२७ गते संघीयता घोषणा पश्चात यस सोनमा गाउँपालिकाको निर्माण भएको हो ।